Sagun Khabar
बैतडीमा  कुष्ठरोगका  ४ जना नयाँ बिरामी फेला 

बैतडी- बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ६ महिनामा गरिएको  परीक्षणमा ४ जना नयाँ बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका ल्याबटेक्निसियन जयसिंह बडालले  जानकारी दिए ।

उनका अनुसार दशरथचन्द नगरपालिका र  पुर्चौडी नगरपालिकाका १÷१ जना र शिवनाथ गाउँपालिकाका २ जनामा कुष्ठरोग फेला परेको हो  । गत वर्ष जिल्लामा कुष्ठरोगका ३ जना नयाँ बिरामी फेला परेका थिए ।  यो  वर्ष ४ जना नयाँ बिरामी फेला परेका छन् । बैतडीमा कुष्ठरोग निवारणको चरणमा रहेको स्वास्थ्य कार्यालयले जनाएपनि तथ्याङ्क हेर्दा बढ्दै गएको देखिएको छ ।

Atrya hospital

 बिरामी पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरेर  कन्ट्याक्ट ट्रेसिङ गर्ने लगायतका कार्यक्रम गर्दै आएको  ल्याबटेक्निसियन बडालले बताए । यस्तै कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणका कारण अझै धेरै बिरामी खुलेर बाहिर आउन नसकेका पनि उनले बताए ।  माइक्रोबेक्टिरियम लेप्रे नामक सुक्ष्म कीटाणुबाट कुष्ठरोग लाग्ने गर्दछ ।

यसले छाला र स्नायुमा असर गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने भएपनि विभिन्न कारणले कुष्ठरोगीहरु खुल्न नसकेका ल्याबटेक्निसियन बडालले बताए । सरकारले सन् २०३० भित्र कुष्ठरोगीको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । तर समाजका मान्छे पुरातन सोचमै सिमित रहेर उपचारको दायरामा नआइदिदा लक्ष्य प्राप्तीमा समस्या हुने  देखिएको   छ ।   

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update