Sagun Khabar
बैतडीबाट भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ कल्वारमोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरेर ल्याएका ८ हजार ५७० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

Atrya hospital

भन्सार छलेर सामान ल्याइरहेको भन्ने सूचनाका आधारमा बिहीबार साँझ खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छलीका सामग्री बरामद गरेको प्रहरी निरीक्षक जोशीले बताए । 

चिनी, बिडी, प्लास्टिक, सलाई लगायतका सामग्री बरामद गरिएका उनले बताए । ती सामग्रीहरुलाई आज आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update