Sagun Khabar
बैतडीको सुर्नया -२ कुर्कुट्यामा जन्मेका पूर्व प्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन 

बैतडी- बैतडीको सुर्नया २ कुर्कुट्यामा जन्मेका पूर्व प्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन  गरिएको छ ।  पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन समारोह समितिले विहीबार एक कार्यक्रमका बीच नागरिक अभिनन्दन गरेको हो ।

धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोड देखि ट्राफिक चोक हुदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगरपरिक्रमा पनि गराईएको थियो ।

Atrya hospital

नागरिक अभिनन्दन समारोह समितिका संयोजक माया प्रकाश भट्टकै अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरुले अभिनन्दन पत्र र दोसल्लाले बरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरे । सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । 

विहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन । ८५ औं जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो । उनका थुप्रै कृतिहरु मध्ये विर्षजन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो । नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन । चन्द नेपालमा चार पटक प्रधानमन्त्री भए तर उनलाई उनको शासनकालभरी कुनै दाग लागेन ।

चन्द वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। लोकेन्द्रबहादुर चन्दको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुर्कुट्यामा  भएको  हो ।   

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update