Sagun Khabar
बैतडीको  बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले बाँड्यो सहुलियत कर्जा 

बैतडी-बैतडीको बाशुलिङ्ग सहकारीले किसानहरुलाइ सहुलियत कर्जा वितरण गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ जना किसानहरुलाई सहुलियत कर्जा वितरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट प्राप्त रकम सहकारीका सेयर सदस्य एवं व्यवसायीक किसानहरुलाइ वितरण गरेको बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक योगेश बहादुर चन्दले जानकारी दिए । उनका अनुसार  २०७९ सालमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले सहुलियत कर्जाका लागि  प्रस्ताव माग गरेको थियो । सो कोषबाट प्रस्ताव माग भएपछि सहकारीले संस्थामा आबद्ध बेरोजगार व्यक्तिहरुलाइ  सस्तो व्याजदरमा ऋण प्रवाह गरि स्वरोजगार बनाउने उदेश्यले ३० लाख थोक कर्जाका लागि प्रस्ताव पेश गरेको थियो ।

Atrya hospital

सो प्रस्ताव स्वीकृत भएर  पहिलो किस्ता १५ लाख  प्राप्त भएपछि सहुलियत कर्जाका लागि सहकारीमा आवेदन दिएका व्यक्तिहरुलाई वितरण गरिएको हो । माघ २९ गते सुर्नया गाउँपालिका  वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर  विष्टको उपस्थितिमा कर्जा  वितरण गरिएको  हो । १५ जना मध्ये ४ जनालाई तरकारी खेतिका लागि, २ जनालाई बाख्रापालनका लागि, ३ जनालाई भैंसीपालनका लागि ,२ जनालाई कुखुरापालनका लागि सहुलियत कर्जा  दिइएको सहकारीका व्यवस्थापक चन्दले बताए । यस्तै ३ जनालाई  खुद्रापसल सञ्चालन र १ जनालाई  फर्निचर उद्योग सञ्चालनका लागि कर्जा दिइएको  हो ।

उनिहरुलाई  ५० हजार देखि ३ लाख सम्म कर्जा दिइएको बताइएको छ । गरिबिको रेखामूनि रहेका सहकारीमा आबद्ध व्यक्तिहरु व्यवसाय गरेर आयआर्जनमा वृद्धि गर्न सकुन भनेर सहुलियत कर्जा वितरण गरिएको सहकारी पुनःस्थापना कर्ता एवं सल्लाहकार मानबहादुर चन्दले बताए । बेरोजगार भएर विदेश पलायन भैरहेका युवाहरुलाई सहुलियत कर्जा  दिएर आफ्नै गाउँ ठाउँमा गरिखाने  वातावरण सिर्जन गराउन तर्फ सहकारी  लागि परेको उनले बताए । 
वितरण गरिएको सहुलियत कर्जाको सदुपयोग गरेर व्यवसाय सञ्चालन गरे आर्थिक स्थिति सुदृढीकरण हुने अपेक्षा गरिएको सहकारीका अध्यक्ष देव बहादुर चन्दले बताए । यसरी सहुलियतमा कर्जा दिने बाशुलिङ्ग सहकारी बैतडीमै पहिलो सहकारी संस्था हो । बाह्य निकायबाट सहकारीले सहुलियत कर्जा उपल्बध गराएपछि नागरिकहरु खुसि भएका छन् । लगानि अभावमा व्यवसाय सञ्चालन गर्नबाट बञ्चित नागरिकहरु सहकारीले सहुलियत कर्जा दिएपछि खुसि भएका हुन् । सहकारीले सहुलियत कर्जा दिदा व्यवसाय अगाडी बढाउन सहज भएको उनिहरुको भनाई छ ।

आर्थिक अभावले बेरोजगार भएर विदेश पलायन भैरहेका बेला बाशुलिङ्ग सहकारीले सहुलियत कर्जा उपल्बध गराएपछि उनिहरुलाई व्यवसाय सञ्चालन गर्न मदत पुगेको छ । ५ प्रतिशत व्याजदरमा पाँच वर्षमा साँवा र व्याज चुक्ता गर्ने गरि सहुलियत  कर्जा दिइएको  हो ।  उनिहरुले लिएको कर्जाको प्रत्येक तीन महिनामा व्याज र १ वर्षमा लिएको रकमको किस्ता बुझाउनु पर्ने  छ । सुर्नया गाउँपालिका वडा नं २ र ३ मा कार्यक्षेत्र रहेको  बाशुलिङ्ग सहकारीकामा हाल ६ सय  ५० जना सेयर सदस्य छन भने २१५ जना बालसदस्यहरुले संस्थामा बचत गर्दै आएका छन् ।

लगानी गरेको  कर्जामा वार्षिक १४ प्रतिशत लिने गरेको सहकारीले सदस्यहरुलाई  विभिन्न व्यवसाय सञ्चालनका लागि कर्जा  दिने  गरेको  छ । दैनिक बचत, नियमित बचत  र ऐच्छिक  बचतका रुपमा प्राप्त हुने  बचतमा सहकारीले  वार्षिक ८ प्रतिशत  व्याज दिने  गरेको  छ । बाहृय निकायबाट समेत  ऋण लिएर सदस्यमा लगानि गरिरहेको सहकारी जिल्ला बचत संघ र केन्द्रीय बचत तथा ऋण संघको सदस्य समेत रहेको छ । हालका वर्षहरुमा वार्षिक ५ लाख भन्दा माथि  खुदनाफा  आर्जन गरिरहेको  सहकारी संस्थामा २ करोड २५ लाख सम्मको बासलात छ । 
संस्थाको  इतिहास
बाशुलिङ्ग सहकारी पुरानो  सहकारी संस्था हो  । यो  संस्था २०५३ साल भदौ  ६ गते सिप्रेड आयोजनाको  प्राविधिक सहयोगमा स्थापित संस्था हो । २०५४साल  फागुन २१ गते डिभिजन सहकारी कार्यालय  कैलालीमा दर्ता भइ तत्कालीन  बाशुलिङ्ग गाविसको वडा नं १ सुमल्लामा संञ्चालनमा आएको थियो ।

सुमल्लाबाट सेवा दिइरहेको संस्था २०६१ बैशाख देखिको द्वन्दका कारण बन्द भयो । फेरि ६१ भदौमा पूर्णरुपमा विघटन गरेर २०६३ असोज ६ गते देखि हालको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटाबाट  सञ्चालनमा छ । यसको  कार्यालय सुर्नया २ लिस्किटामा छ भने सतबाँझ चौराहमा समेत शाखा कार्यालय रहेको छ ।अहिले संस्थाका अध्यक्ष देव बहादुर चन्द छन भने व्यवस्थापक योगेश बहादुर चन्द छन् । 

 सहकारी संस्थालाई  पूर्व अध्यक्ष एवं  सहकारीका जानकार मानबहादुर  चन्दले संरक्षकत्व  प्रदान गरेका छन् ।   आम जनमानसमा आफ्नो  पहिचान कायम गरि समुदायको  विश्वास जित्न सफल बाशुलिङ्ग सहकारीका सेवाहरु  निश्पक्ष, पारदर्शी र समावेशी भएकाले अन्य संस्थाको  दाँजोमा  अग्रस्थानमा छ ।   

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update