बैतडी- बैतडीका १५ जनाले ड्राभिङ तालिम पाउने भएका छन । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको सहयोगमा जिल्लाका १५ जना व्यक्तिहरुले निःशुल्क कार ड्राभिङ तालिम पाउने भएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय बैतडीको भगत सर्वजित कार्यक्रम अन्तर्गत जिल्लाका १५ जनालाई १ महिने कार ड्राभिङ तालिम दिइने घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त भट्टले जानकारी दिए । तालिममा दलित समुदायका व्यक्तिहहरु मात्रै सहभागि हुन पाउने उनले बताए ।
दलित लक्षित कार्यक्रम भएकाले दलित समुदायका मात्रै व्यक्ति सहभागि हुन पाउने उनले बताए । अहिले घरेलु कार्यालयले पालिकाहरुलाई इच्छुक सहभागि छनौट गरेर पठाइदिन पत्राचार गरेको कार्यालय प्रमुख भट्टले बताए । १८ वर्ष पुराभइ ३५ ननाघेकाले तालिममा सहभागि हुन पाउने छन् ।
यो महिनाको १० गते भित्र पालिकाहरुलाई सहभागि छनौट गरेर पठाइ दिन पत्राचार गरिएको र त्यसपछि तालिम दिइने बताइएको छ । कार ड्राभिङ तालिम डडेल्धुरामा हुने घरेलु तथा साना उद्योग कायालय बैतडीले जनाएको छ । तालिममा सहभागिहरुको गास बासको खर्च कार्यक्रमले नै व्यर्हाेने छ ।