Sagun Khabar
सुन चोरी मुद्दामा फरार रहेकी नाथलाई बैतडी प्रहरीले पक्राउ गर्यो 

बैतडी–सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ की २२ बर्षीया लक्ष्मी नाथ योगीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।  

डिलाशैनी ५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो । 

Atrya hospital

सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई मंगलबार उनको घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले बताए । पक्राउ परेकी नाथलाई कारागार चलान गरिसकिएको उनले बताए । 

सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका श्रोतले बताएको छ । स्थानीयको घरबाट सुन चोरेको आरोपमा गत साउनमा लक्ष्मी नाथ र उनका श्रीमान गोपाल नाथलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update