Sagun Khabar
सुदूरपश्चिममा बिहीबार ५१ जना संक्रमणमुक्त, थप १५ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार ५१ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५१ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । ४७६ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बिहीबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update