Sagun Khabar
बैतडीको खोड्पेमा बिहान १० देखि राति ९ बजेसम्म मात्रै मदिराको कारोबार गर्न पाइने 

बैतडी –बैतडीको खोड्पे बजारमा मदिराको कारोबार गर्ने समय निर्धारण गरिएको छ । मंगलबार बसेको खोड्पे बजार व्यवस्थापन समितिको बैठकले मदिराको कारोबारका लागि समय निर्धारण गरेको हो । 

जुनसुकै समयमा पनि मदिराको कारोबारले विभिन्न खालका समस्या सिर्जना भइरहेकाले बिहान १० बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा विक्रि वितरण गर्न पाइने निर्णय भएको खोड्पे बजार व्यवस्थापन समितिका सचिव सन्तोष राईले बताए । 

Atrya hospital

मदिरा व्यवसायीहरुले बजार व्यवस्थापन समितिको निर्णय अनुसारमात्रै मदिराको कारोबार गर्न आग्रह गरिएको सचिव राईले बताए । समितिको निर्णय उल्लंघन गरेमा कानुन अनुसार कारवाही गर्ने समेत बताइएको छ । 
मदिराको जथाभावी  विक्रिवितरणले सामाजिक शान्ति सुरक्षामा नै खलल पुर्याइरहेकाले यो निर्णय गरिएको खोड्पे बजार व्यवस्थापन समितिले जनाएको छ । 

खोड्पे बैतडी,दार्चुला र बझाङ जोड्ने मुख्य बजार भएकाले यहाँ मानिसहरुको चहलपहल बढी नै हुन्छ । विभिन्न ठाउँका मानिसहरु कामको सिलसिला तथा यात्राको सिलसिलामा खोड्पे पुग्ने गर्दछन् । 
खोड्पे बजारलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको सचिव राईले बताए । 

Khodpe-1707827665.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update