बैतडी- मेलेसियामा बेपत्ता भएका बैतडीका एक युवकको अवस्था अझै अज्ञात छ । गत पुष २१ गते हिमालयन एयरलाइन्सको टिकट काटेर घर फर्किने कर्ममा उनि मलेसियाकै क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलबाट सम्पर्क विहिन भएका युवकको अवस्था अझै अज्ञात रहेको हो । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १० बिजयपुरका अन्दाजी २४ वर्षका धिरेन्द्र महरा मलेसियामा बेपत्ता भएका थिए ।
पारिवारिक स्रोतका अनुसार महरा करिब १ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । उनी बिस्क्युट उत्पादन कम्पनीमा कामा गर्दथे । काम गरिरहेका उनमा मानसिक समस्या देखिएपछि कम्पनीले टिकट काटेर नेपाल पठाएको थियो । गत पुष २१ गते हिमालयन एयरलाइन्सको टिकट काटेर घर फर्किने कर्ममा उनि मलेसियाकै क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलबाट सम्पर्क विहिन भएका उनि अझै स्म्पर्कमा नआएका आफन्त धिरेन्द्र महराले जानकारी दिए ।
सबै ठाउँमा खोजि कार्य गर्दा पनि उनि नभेटिएका ताइएको छ । अहिले पनि खोजतलासको काम जारी रहेको र कहिँकतै पत्ता नलागेको पारिवारिक स्रोतले बताएको छ । घर फर्किरहेका धिरेन्द्र बेपत्ता भएपछि घरपरिवार चिन्तीत भएको छ । बेपत्ता महराको खोजिका लागि घरपरिवारले सबैलाई आग्रह गरेको छ ।