Sagun Khabar
बैतडीको देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
Atrya hospital

बैतडी- फागुन ३ र ४ गते बैतडीको  देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको  छ ।  जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको  हो । दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंको व्यवस्थापनमा शिविर सञ्चालन हुन लागेको हो ।

शिविरका लागि देहीमाण्डौका युवा दिपेश बोहराले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसंग समन्वय गरेका बताइएको  छ । शिविरमा क्यान्सर रोगको स्क्रीनिङ, पहिचान तथा फ्लोअप, स्त्री तथा प्रसुती रोग सेवा, नाक,कान,घाँटी रोग सम्बन्धी सेवा,शल्यक्रिया सेवा, बालरोग सेवा र जनरल मेडिसिन सेवा सञ्चालन गरिने जनाइएको  छ । एक सूचना जारी गरेर नगरपालिकाले  स्वास्थ्य सेवा लिन आग्रह गरेको  हो ।

पछिल्लो समयमा क्यान्सरका बिरामीहरु बढ्दै गएकाले शिविरमा क्यान्सरको पहिचान तथा उपचार समेत गरिने वडा अध्यक्ष बोहराले बताइ । समयमै चेकजाँच नहुँदा क्यान्सर जटील भएपछि मात्रै थाहा हुने अवस्था रहेकाले स्थानीयहरुलाई सहज होस भनेर शिविरको आयोजना गर्न लागिएको उनले बताए । वडा कार्यालयमा सञ्चालन हुने शिविरमा आएर सेवा लिन समेत नगरपालिकाले  सबैमा आग्रह गरेको  छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update