Sagun Khabar
बैतडीमा सत्ताइस सय ३१ सवारीसाधन कारबाहीमा

बैतडी- ट्राफिक प्रहरी बैतडीले  ६ महिनामा २७ सय  बढी सवारीसाधनहरुलाई  कारबाही गरेको  छ।  चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले २ हजार ७ सय  ३१ सवारीसाधनहरुलाई कारबाही गरेको हो । चालु आर्थिक वर्षको छ महिनामा २७ सय ३१ सवारीसाधनहरु माथि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख गंगादत्त पन्तले जानकारी दिए ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु  कारबाहीमा परेका हुन् ।  ट्राफिक प्रहरीले सवारीसाधन माथि कारबाही गरेर राजस्व समेत  असुली गरेको छ ।

Atrya hospital

नियम उल्लंघन गर्ने  सवारीसाधनहरुलई  कारबाही गरेर १४ लाख ४५ हजार  ५सय  राजस्व संकलन भएको  ट्राफिक प्रहरी प्रमुख पन्तले बताए । बस,ट्रक, जिप,ट्याक्टर, मोटरसाइकल लगायतका सवारीसाधन कारबाहीमा परेका बताइएको  छ । सबै भन्दा बढी १६ सय  १६ ओटा  जिप र कार  कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार २ सय  ८ ओटा ट्रकट्याङकर ,२१ ओटा बस, १६ सय १६ जिपकार,१९५ ट्याक्टर ,मोटरसाइकल ५२१ र अटो लगायतका अन्य १२२ सवारीसाधन कारबाहीमा परेका हुन् ।  ट्राफिक प्रहरीको अहिले जिल्लाका चार ठाउँमा उपस्थिति छ ।  जिल्लाको  साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको  हो ।  ट्राफिक नियमको  पालना गराएर  सवारी  दुर्घटना न्यूनिकरणका लागि चेकजाँचका  साथै जनचेतनामूलक कार्यक्रम जारी रहेका  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update