बैतडी- बैतडीको मेलौलीमा जारी १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहको छ । २६ गते देखि जिल्लाको मेलौली स्थित मेलौली भगवती खेलमैदानमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको हो ।
प्रतियोगितामा कराँते खेलको नतिजा आएको छ । कराँतेमा पुर्चौडी नगरपालिका प्रथप भएको छ । ६ स्वर्ण हात पार्दै पुर्चौडी नगरपालिका प्रथम भएको हो ।
पुर्चौडीले ६ स्वर्ण, ४ रजत र २ कास्य हात पारेको कराते रेफ्री सयोजक ओम प्रकाश पन्तले जानकारी दिए ।
द्धितिय दोगडाकेदार गाउँपालिका भएको छ । दोगडाकेदारले ५ श्वर्ण, ३ रजत र ४ कास्य हात पारेको बताइएको छ । यस्तै दशरथचन्द नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । दनपाले १ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ । डिलासैनी गाउँपालिकाले १ रजत, ३ कास्य र सिगास गाउँपालिकाले ४कास्य हात पारेको बताइएको छ ।