बैतडी –बैतडीमा राष्ट्रिय वाणिज्य बैंकले विद्यार्थीहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा विद्यार्थीहरुका लागि शुक्रबार बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाले बालबालिकाहरुलाई बित्तीय शिक्षा दिनका लागि कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाका प्रबन्धक दिपेन्द्रप्रसाद अवस्थीले बताए ।
विद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बित्तीय शिक्षाका बिषयमा जानकारी होस र उनीहरुलाई सहज होस भनेर कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक अवस्थीले बताए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।