Sagun Khabar
लगातारको बर्षाले सुर्नयामा एक घर भत्कियो, पीडित परिवारलाई  सहयोग प्रदान

बैतडी –लगातारको बर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका ३ बाँसमा एक घर भत्किएको छ । बर्षाका कारण स्थानीय रामसिंह बिष्टको घर भत्किएको हो । घर भत्किएपछि बिष्ट परिवार अहिले आफन्तको घरमा बसिरहेका सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिइन् । 

बुधबार दिउँसोको समयमा घर भत्किएकाले मानवीय क्षति हुन नपाएको उपाध्यक्ष बिष्टले जानकारी दिइन् । घर भत्किँदा गोठमा बाँधेका बाख्रा भने घाइते भएका छन् । 

Atrya hospital

यसैबीच घर भत्किएपछि विचल्लीमा परेका रामसिंह बिष्टको परिवारलाई गाउँपालिकाले खाद्यान्न र बन्दोबस्तीका सामग्री उपलब्ध गराइएको छ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिका तर्फबाट एक सेट भाँडाकुँडा र कपडा उपलब्ध गराइएको उपाध्यक्ष बिष्टले जानकारी दिइन् । आफूले व्यक्तिगत रुपमा एकबोरा चामल, नुन,तेल लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् । 

बिहीबार पीडित परिवारलाई सहयोग उपलब्ध गराएको उनले बताइन् । पीडित परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्नका लागि कार्यपालिकाको बैठकबाट निर्णय गरिने समेत उनले बताइन् । 

राहत वितरण कार्यक्रममा उपाध्यक्ष बिष्टका साथै वडा सदस्य दानसिंह बिष्ट, सतबाँझ प्रहरीचौकीका प्रमुख उपेन्द्र तिमिल्सना, गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिका सदस्य सचिव सुरेन्द्र धामी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update