Sagun Khabar
बैतडीका आलु पकेट क्षेत्रमा किसानहरुलाई आलु लगाउने चटारो 

बैतडी–बैतडीका आलु पकेट क्षेत्रमा किसानहरुलाई आलु लगाउने चटारो बढेको छ । जिल्लाको पाटन नगरपालिका ८,९र १० का किसानहरु यतिबेला आलु लगाउन व्यस्त रहेका छन् । यो बर्ष हिउँदे बर्षा ढिला भएकाले आजभोली आलु लगाउने चटारो बढेको पाटन नगरपालिका ८ की डम्मरी भाटले बताइन् । 

पछिल्लो समयमा किसानहरु व्यवसायिक तरकारी खेतीमा आवद्ध भएकाले आलु लगाउने किसानहरुको संख्या बढ्दै गएको उनले बताइन् । जिल्लाको पाटन नगरपालिका वडा नं ८,९ र १० लाई आलु पकेट क्षेत्रको रुपमा लिइन्छ । 

Atrya hospital

आजभोली लगाएको आलुले आगामी जेठ,असारमा फल दिने किसानहरुले बताएका छन् । आलुबाट फाइदा हुने भएकाले आफूहरु आलुखेतीमा लागेका अर्का किसान गोदावरी भाटले बताइन् । 

आलु खेती गर्दा राम्रोसंग जमीनालाई खनजोत गरेर लगाउनुपर्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । राम्रो बीउ छनौट गरेर लगाउनुपर्ने र मलको समेत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।  
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update