Sagun Khabar
गाँउका सिंहदरबारले रोजगारी नदिएपछि बैतडीमा विदेश जाने बढे !
फाइल फोटो

बैतडी -बैतडीमा विदेशिने युवाको सख्या बढेको छ । स्थानीय स्तरमा रोजगारी नपाएपछि   जिल्लामा विदेशिने युवाहरुको सङख्या बढेको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीबाट  ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १४ सय बढीले राहदानी बनाएका छन् । वैदेशिक रोजगारीका लागि जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ हजार ४ सय ६० जनाले राहदानी बनाएका जिल्ला प्रशासन कार्यालय  बैतडीका  सूचना अधिकारी शंकर बहादुर बोहराले  जानकारी दिए ।

Atrya hospital

गत आर्थिक वर्षमा २ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि राहदानी बनाएकोमा चालु आर्थिक वर्षको  ६ महिनामा मात्रै १४ सय ६० जनाले राहदानी बनाएका उनले  बताए । पछिल्लो तथ्याङ्क हेर्दा जिल्लाम राहदानी बनाउने  बढ्दै  गएका हुन् । यहाँका वेरोजगार युवाहरुले खाडीमूलुकहरुका लागि राहदानी बनाएका पाइएको छ।

विकसित मूलुक भन्दा पनि यहाँका युवाहरुले मलेसिया, कतार, साउदी लगायतका देशमा  जानका लागि राहादानी बनाएका सूचना अधिकारी बोहराले बताए । यस्तै घरायसी परिबन्दमा परेका जिल्लाका महिला पनि पछिल्लो समय वैदेशिक रोजगारीको बाटो रोज्न थालेका छन् । वैदेशिक रोजगारीमा जाने महिलाको  संख्या पनि बैतडीमा बढ्दै गएको पाइएको हो ।

गत आर्थिक वर्षमा २ सय ५ जना महिलाले वैदेशिक रोजगारीका लागि राहदानी बनाएका  थिए । यो चालु आर्थिक वर्षको ६ महिनामाा २ सय ५० जना महिलाले विदेशका लागि राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । गाँउका सिंहदरबारले बेरोजगारलाई रोजगारी दिन नसक्नुले यहाँका युवा विदेशिन बाध्य भैरहेका हुन् । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update