बैतडी- बैतडीको महादेव आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं २ अल्कापुरी ठटे स्थित महादेव आधारभूत विद्यालका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजन गरेर वडा नं २ भित्रका स्थानीय व्यापरिहरुको सहयोगमा प्राप्त शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गरिएका विद्यालयका प्रधानाध्यापक नवराज भट्टले जानकारी दिए । उनका अनुसार स्थानीय पदम बहादुर बम,करन बम, कमला धामी र धनसरा धामीको सहयोगमा प्राप्त शैक्षिक सामग्री विद्यालयका जेहेनदार, अति विपन्न र टुहुरा २० जना विद्यार्थीहरुलाई वितरण गरिएका छन् ।
विद्याथीहरुलाई झोला, कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएका प्रधनाध्यापक भट्टले बताए । व्यापारीहरुले शैक्षिक सामग्री सहयोग गरेपछि बालबालिका खुसि भएका छन् । यस्तै विद्यालय परिवारले शैक्षिक सामग्री सहयोग गर्ने व्यापरीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।