Sagun Khabar
बैतडीमा तीन  वर्षको अवधिमा १७आगलागीका घटना, एकको मृत्यु, दुई घाइते !

बैतडी- बैतडीमा आगलागी घटनाबाट १५ लाख बढीको आर्थिक क्षति भएको छ । पछिल्लो ३ वर्षको अवधिमा जिल्लामा १७ आगलागीका घटना भएका हुन्।

सो आगलागीका घटनामा १५ लाख बढीको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । तीन वर्षको अवधीमा भएका  आगलागीका घटनाबाट १ महिलाको मृत्यु,दुइ पुरुष घाइते र १५ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको उनले  बताए ।

Atrya hospital

 उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ११ आगलागीका घटना घटेका छन्। सो वर्ष आगलागीका घटनामा परेर एक महिलाको मृत्यु,दुइ जना पुरुष घाइते र तीन पशुचौपाया मरेका थिए भने ८ लाख १० हजार बराबरको आर्थिक  क्षति भएको थियो ।

यस्तै ७८÷७९ मा ३ ओटा आगलागीका घटनामा ४ पशुचौपाया मरेका छन भने ३ लाख ५५ हजारको आर्थिक क्षति भएको प्रहरीको तथ्याङकले  देखाएको छ । यस्तै आर्थिक वर्ष ७९÷८० मा पनि ३ आगलगाीका घटनामा २ लाख बराबरको  आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update