Sagun Khabar
बैतडीको मेलौलीमा मदिरा विक्री वितरण तथा सेवनमा रोक

बैतडी- बैतडीको  मेलौली नगरपालिकामा मदिरा विक्री  वितरण तथा सेवनमा रोक लगाइएको  छ । बिहीवार नगरपालिकाले  एक सूचना जारी गरेर वडा नं -७ को  मर्छले  बजार  देखि वडा नं-  २ को सलेना बजार सम्म मदिरा विक्री  वितरणमा रोक गाएको  जनाएको  हो ।

भोलिबाट मेलौली  नगरपालिकाको  भगवती  मन्दिर  खेलमैदानमा १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै  छ । भोलि बाट माघ २९ गते  सम्म तीन दिन चल्ने  प्रतियोगिता अवधिभर  मदिरा  विक्री  वितरण तथा सेवनमा रोक लगाइएको  नगरपालिकाका  नगर प्रमुख भीम बहादुर चन्द  (भूकम्प)ले  जानकारी दिए ।

Atrya hospital

प्रतियोगितालाई  भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न  मदिरा विक्री वितरण तथा  सेवनमा  पूर्ण रुपमा रोक लगाइएको उनले  बताए ।   सूचनाको कार्यान्वयन गर्न नगर प्रमुख चन्दले  सबैमा सहयोगका लागि आग्रह  पनि गरेका छन् । माघ २५ गते  देखि २९ सम्म मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको  नगरपालिकाले  जनाएको  छ । 

कसैले  सूचनाको  अवज्ञा गरेर  मदिरा विक्री वितरण र सेवन  गरेको पाइएमा  प्रचलीत  कानून बमोजिम  कारबाही हुने सूचनामा उल्लेख गरिएको  छ ।  

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update