Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै सांसद शर्मालाई ज्ञापन पत्र 

बैतडी-बैतडीको खोड्पेमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै सांसद शर्मालाई ज्ञापन पत्र बुझाइएको  छ । पाटन नगरपालिका ८मा निर्माण सम्पन्न ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक व्यवस्थापनको माग गर्दै मोरङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मालाई  ज्ञापन पत्र बुझाइएको  हो ।

बिहिबार पाटन ८ खोड्पेमा  नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको चियापान कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. शर्मालाई  ट्रमा सेन्टरको लागि आवश्यक सहयोगको माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाली कांग्रेस वडा सभापति मोहन सिंह बिष्टले जानकारी दिए ।

Atrya hospital

ट्रमा सेन्टर सञ्चालनका लागि चाहिने आवश्यक   उपकरणको माग गर्दै  सांसद शर्मालाई  ज्ञापन पत्र बुझाइएको उनले बताए ।  ज्ञापन पत्र बुझदै सांसद शर्माले माग सम्बोधनका लागि सहयोग गर्नै बताएका छन् ।  ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सके  सडक दुर्घटना र अन्य दुर्घटनामा परेकाहरुको तत्काल उपचारका लागि सहज हुने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

ट्रमा सेन्टर सञ्चालनमा ल्याउनका लागि सबै सरोकारवाला व्यक्ति र सरकार  संग माग गर्ने  काम भैरहेको  समेत उनले  बताए । ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ हो। चिकित्सकहरूका अनुसार, रोग र चोटपटक फरक कुरा भएकाले यसका उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन्।

दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पु¥याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन्। गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पु¥याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्छन्।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update