Sagun Khabar
बैतडीको पाटनमा सञ्चालित स्वास्थ्य शिविरबाट २ हजार बढीले लिए सेवा 

बैतडी –बैतडीको पाटनमा सम्पन्न भएको निशुल्क बृहत स्वास्थ्य शिविरमा दुई हजार बढीले सेवा लिएका छन् । पाटन नगरपालिकाको आयोजना, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र कृष्ण मावि पाटनको व्यवस्थापनमा बुधबार शिविर सम्पन्न भएको हो । 

एक दिने शिविरमा २ हजार १७ जनाले सेवा लिएका आयोजक पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले बताए । शिविरमा पाटन, सुर्नया, मेलौली लगायतका ठाउँका २ हजार सय १७ जनाले उपचार सेवा पाएका उनले बताए ।

Atrya hospital

शिविरमा स्वास्थ्य परीक्षणका क्रममा केही व्यक्तिहरुमा जटील समस्या देखिएकाले उनीहरुलाई काठमाण्डौं रेफर गरिएको छ । शिविरमा आएर जाँच गराएका मध्ये रेफर भएकाहरुको काठमाण्डौं मेडिकल कलेज निशुल्क उपचार गर्ने बताइएको छ । 

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको हो । यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थियो भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. सुनिल शर्माले शिविरको उद्दघाटन गरेका थिए । दोगडाकेदारमा दुई दिने शिविर सम्पन्न गरेर मंगलबार दार्चुलामा शिविरको आयोजना गरिएको थियो । 
बिहीबार (आज) डडेल्धुरामा  शिविरको आयोजना गर्न लागिएको काठमाण्डौं मेडिकल कलेजले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update