Sagun Khabar
बैतडीका नौ पालिकामा ‘समुदायमा कांग्रेस’अभियान सम्पन्न

बैतडी- बैतडीका नौ पालिकामा ‘समुदायमा कांग्रेस’अभियान सम्पन्न भएको  छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नौ पालिकामा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । अभियान अन्तर्गत जिल्लाको टोली र वडास्तरीय टोली खटिएको थियो ।

केन्द्रीय प्रतिनिधिसहितको टोलीले सुर्नया गाउँपालिका , दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनी गाउँपालिकामा  अभियान सम्पन्न गरेको हो । यस्तै मैलौली  नगरपालिका ,पाटन नगरपालिका र  दशरथचन्द  नगरपालिकामा पनि अभियान स्म्पन्न भएको उनले बताए । केन्द्रीय प्रतिनिधि हरिप्रसाद बोहराको उपस्थितीमा पालिकाहरुमा अभियान सम्पन्न भएको  नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।

Atrya hospital

पुर्चौडी नगरपालिका बाँहेकका स्थानीयतहमा अभियान सम्पन्न भएको उनले  बताए । समुदायमा जाने र समुदायका कुरा सुन्नका लागि ‘समुदायमा कांग्रेस’अभियान सञ्चालन गरिएको  थियो । बैतडीको नौ पालिकामा अभियान सम्पन्न भएको र पुर्चौडी नगरपालिकामा पनि केहि दिनमै कार्यक्रम गरिने नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिष्टले बताए ।

केन्द्रको  पत्र आएपछि पुर्चौडीमा कार्यक्रम हुने उनले बताए ।  समुदायमा कांग्रेस अभियानमार्फत संगठन सुदृढीकरण गर्ने र आगामी दिनमा कांग्रेसलाई बलियो बनाउनका अपनाउनुपर्ने उपायका बारेमा छलफल गर्ने गरिएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update