Sagun Khabar
बैतडीमा बिहीबार ४ जना संक्रमणमुक्त, थप तीन जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा बिहीबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको पाटन नगरपालिकाका ४ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप तीनजनामा कोरोना पुष्टि भएको छ ।

दशरथचन्द नगरपालिकाका २ र दोगडाकेदार गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । २९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

अहिले जिल्लामा ४६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा १८ जना, सुर्नया गाउँपालिकामा ९ जना, पाटन नगरपालिकामा ६ जना र दशरथचन्द नगरपालिकामा ४ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका,शिवनाथ गाउँपालिका,पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update