Sagun Khabar
बैतडीको  सुर्नया ७ मा विद्युत लाइनको परीक्षण गरिदै,  विद्युतीय संरचना नजिक नजान आग्रह
Atrya hospital

बैतडी- बैतडीको  सुर्नया ७ मा विद्युत लाइनको परीक्षण गरिदै छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र अन्तर्गत वडा नं ७ को पसमाण्डौ देखि छिडा मौरीबगर सम्मको ११ केभि  प्रशारण लाइनमा  विद्युत प्रवाह गरि विद्युत लाइन परीक्षण भैरहेको हो ।

आज र भोलि  विद्युत लाइन परीक्षण हुने रौलेश्वर मर्मत तथा नोलाइट सेवा  प्राविधिक प्रकाश विष्टले  जानकारी दिए । पसमाण्डौ देखि ट्रान्सफर्मर  रहेको स्थान छिडा मौरीबगर सम्मको विद्युत लाइन चार्ज गरेर परीक्षण भैरहेको  उनले  बताए ।

काम सञ्चालन भएकाले  विद्युतको  पोल , तार स्टे तथा कुनै  पनि   विद्युतीय   संरचनाहरुको  नजिक नजान र  नछुन पनि आग्रह गरिको  छ ।  एक सूचना जारी गरेर  नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले सूचनाको बेवास्ता गरि कुनै अप्रिय घटना  घटे जवाफदेहि नहुने पनि जनाएको छ । वडा नं ७ को  डेड सय  घर धुरीमा लग्तै बिजुली  बल्ने रौलेश्वर मर्मत तथा नोलाइट सेवा प्राविधिक  विष्टले बताए  छ । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update