Sagun Khabar
बैतडीको पाटनमा भोलि  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

बैतडी- बैतडीको पाटन नगरपालिकामा भोलि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजना, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र कृष्ण मावि पाटनको व्यवस्थापनमा भोलि  कृष्ण माविकै प्रांगणमा शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

नगरबासीहरुलाई शिविरमार्फत बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटु तथा मृगौला रोगसम्बन्धी सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

Atrya hospital

यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, भिडियो एक्सरे सेवा र प्रयोगशाला सेवा समेत सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । शिविरमा स्वास्थ्यचौकीबाट निशुल्क प्राप्त हुने औषधिहरु निशुल्क प्राप्त गर्न सकिने छन भने थप औषधिहरु बिरामी आँफैले किन्नुपर्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

भोलि  बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ डाक्टरहरुले सेवा दिने भएकाले सेवा लिन नगरपालिकाले सबैमा आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update