Sagun Khabar
डडेल्धुरामा अटो दुर्घटना  हुँदा ६ जना घाइते
Atrya hospital

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका ८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार तुफानडाँडाबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो तिव्र गतिका कारण अनियन्त्रित भई सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अटोमा सवार एक जना प्रहरी जवान सहित छ जना घाइते भएको प्रहरी जनाएको छ ।घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update