Sagun Khabar
मनका धनी प्रजापति : जन्मदिनमा दिए राहत

बैतडी– आफ्नो जन्मदिनमा प्रायः ब्यक्तिहरु फलफुल, फुल, अगरबत्ती, टिकाको थाली बोक्दै मन्दीर जाने चलन फेरिदैँ गएको छ । जन्मदिनको अवसर पारी पिडितलाई सहयोग गर्ने, सामस्यामा परेका लाई राहत दिने चलन सुरु भएको छ । 

बुधवार नेकपा एमाले बैतडीका युवा नेता प्रजापति जोसीले पनि यस्तै गरेकाछन् । उनि बिहानै जिल्ला अस्पताल बैतडी पुगे । अस्पतालमा रहेका सबै बिरामीहरुलाई फलफुल बितरण गरेर फर्किए । यसका साथै उनले २१ महिनासम्म नपाएको पारिश्रमिक माग गर्दै पाटन स्थीत अनसन बसेका सडक मजदुरहरुलाई राहत प्रदान गरेकाछन् । उनले अनसनमा बसेका लेन्थवर्करहरुलाई चामल, दाल र साबुन प्रदान गरेका हुन् ।

Atrya hospital


नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिवालय सदस्य जोसीले जन्मदिनको अवसरमा पिडितलाई राहत प्रदान गरेपछि आफुलाई मन्दीर गए भन्दा बढी सन्तुष्टी भएको बताएकाछन् । धर्मकर्ममा विश्वास समेत गर्ने उनले पिडितलाई सहयोग गर्नु सबैभन्दा उच्चतम धर्म भएको बताए ।

उनले भने, ‘धेरै ठुलो सहयोग गर्न सक्ने मेरो क्षमता पनि होइन् । मेरो कृषि व्यवसायबाटै आर्जन भएको पैषाले केहि राहत सामग्री प्रदान गरेको हुँ । कोहि मान्छे पिडामा छ भने सानो भएपनि सहयोग गर्न मन लाग्छ र जन्मदिन मनाउन गरिने खर्च कटाएर राहत दिएको हुँ ।,   
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update