Sagun Khabar
बैतडीको देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने, क्यान्सरको समेत जाँच हुने 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी फागुन ३ र ४ गते देहीमाण्डौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंको व्यवस्थापनमा शिविर सञ्चालन हुन लागेको हो । 
शिविरका लागि देहीमाण्डौका युवा दिपेश बोहराले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसंग समन्वय गरेको वडा अध्यक्ष बोहराले बताए । 

Atrya hospital

शिविरमा क्यान्सर रोगको स्क्रीनिङ, पहिचान तथा फ्लोअप, स्त्री तथा प्रसुती रोग सेवा, नाक,कान,घाँटी रोग सम्बन्धी सेवा,शल्यक्रिया सेवा, बालरोग सेवा र जनरल मेडिसिन सेवा सञ्चालन गरिने वडा अध्यक्ष बोहराले बताए । 

वडा कार्यालयमा सञ्चालन हुने शिविरमा आएर सेवा लिन समेत उनले सबैमा आग्रह गरेका छन् । 

पछिल्लो समयमा क्यान्सरका बिरामीहरु बढ्दै गएकाले शिविरमा क्यान्सरको पहिचान तथा उपचार समेत गरिने वडा अध्यक्ष बोहराले बताइ । समयमै चेकजाँच नहुँदा क्यान्सर जटील भएपछि मात्रै थाहा हुने अवस्था रहेकाले स्थानीयहरुलाई सहज होस भनेर शिविरको आयोजना गर्न लागिएको उनले बताए । 

Dcm-1707047000.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update