बैतडी–नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले कांग्रेस अझै समुदायसंग नजिक हुनुपर्ने बताएका छन् । बैतडीको दोगडाकेदारमा समुदायमा कांग्रेस अभियानको उद्दघाटन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
लोकतन्त्रलाई जीवित राख्न लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने भन्दै मन्त्री भट्टले कांग्रेसले नागरिक पीडा बोल्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम अनुसार काम गरिरहेको बताउँदै मन्त्री भट्टले नागरिकका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए ।
यस्तै मन्त्री भट्टलाई दोगडाकेदार गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । आइतबार बैतडीको दोगडाकेदार गाउँपालिकामा पुगेका मन्त्री भट्टलाई गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।
दोगडाकेदार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंगको छलफलमा मन्त्री भट्टले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने कुरामा जोड दिए । स्थानीय तहका सरकारहरुले भोगीरहेका समस्या समाधानका लागि प्रदेश सरकारले गर्नुपर्ने काममा आफू सदैव लागिरहेको मन्त्री भट्टले बताए ।
मन्त्री भट्ट आजै बैतडीबाट धनगढी फर्किसकेका छन् ।