Sagun Khabar
लडेर घाइते भएकी बैतडीकी तोलाको मृत्यु 
Atrya hospital

बैतडी–बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका –२ शर्मालीकी ३८ बर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता एक्कासी लडेर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेको थियो । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो । 

महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update