Sagun Khabar
पश्चिमी वायु सक्रिय : बर्षाले चिसो बढ्यो, उच्च क्षेत्रमा हिमपातको सम्भावना 
Atrya hospital

बैतडी –नेपालमा पश्चिमी वायु पुनः सक्रिय भएसंगै बर्षा भइरहेको छ । बैतडीसहित सुदूरपश्चिममा हल्का बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनसंगै उच्च पहाडी तथा लेकाली क्षेत्रमा चिसो बढेको छ । उच्च लेकाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update