Sagun Khabar
माघमै ढकमक्क लालीगुराँस 
तस्बिरहरु प्रेमसिंह भाटको फेसबुकबाट

बैतडी–बैतडीका विभिन्न ठाउँमा माघ महिनामै ढकमक्क लालीगुराँस फुलेको छ । फागुन–चैतमा फुल्ने लालीगुराँस बैतडीका वनपाखाहरुमा पुसमहिनादेखि नै फुलेको हो । 

लेकाली क्षेत्रहरुमा फागुन –चैतमा फुल्ने लालीगुराँस माघमै ढकमक्क फुलेको सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए ।  

Atrya hospital

laliguras-1-1706967023.jpg
 

प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । बैतडीका सबैजसो ठाउँमा फागुन–चैतमा लालीगुराँस फुल्ने भएपनि केही बर्षदेखि मंसिर–पुसमै लालीगुराँस फुल्न थालेका स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ । 

laliguras-3-1706967060.jpg
 

जलवायु परिवर्तनका कारण छिटै लालीगुराँस फुल्न थालेका विज्ञहरुको भनाइ रहेको छ । समुद्री सतहबाट १ हजार ३०० मिटरदेखि ३ हजार २ सय मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महिना भएपनि छिटै फुल्न थालेको स्थानीयहरुको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update