Sagun Khabar
बलात्कारका घटना बढ्दै 

बैतडी –बैतडीमा बलात्कारका घटना बढ्दै गएका पाइएको छ । गत बर्षको तुलनामा यो बर्ष बलात्कार घटना बढेका प्रहरीको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको ६ महिनामा ११ ओटा बलात्कारका घटना भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । 

गत आर्थिक बर्षमा १३ ओटा जबरजस्तीकरणीका घटना भएकोमा १० ओटा फच्र्यौट भएका र ३ ओटा फच्र्यौट हुन बाँकी रहेका प्रहरी निरीक्षक जोशीले बताए । यो बर्ष ६ महिनाकै अवधिमा बलात्कारका ११ ओटा घटना भइसकेका छन् । 

Atrya hospital

चालु आर्थिक बर्षको श्रावण,भाद्र र कार्तिकमा २÷२ ओटा बलात्कार घटना भएका छन् भने असोजमा ३ ओटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । यस्तै मंसिर र पौष महिनामा १÷१ ओटा बलात्कारका घटना भएका प्रहरी निरीक्षक जोशीले बताए । 

चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जबरजस्तीकरणी उद्योगका ३ ओटा घटना भएका छन् भने गत बर्ष जबरजस्तीकरणी उद्योगका ६ ओटा घटना भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सामाजिक सञ्जालको दुरुपयोग,बालविवाह, लागु औषधको प्रयोग लगायतका कारण बलात्कार जस्ता जघन्य अपराधका घटना भइरहेका प्रहरीको निष्कर्ष छ । बलात्कार जस्ता अपराध न्यूनीकरणका लागि प्रहरीले नियमित रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भएपनि यस्ता घटना न्यूनीकरणमा चुनौती कायमै रहेको छ । 

यस्तै महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरुमा समेत कमी आउन सकेको छैन् । गत आर्थिक बर्षमा ५६ ओटा घरेलु हिंसासम्बन्धी ठाडो उजुरी प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ । ती मध्ये ५५ ओटा घटनामा मिलापत्र भएको प्रहरी निरीक्षक जोशीले बताए ।  
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update