Sagun Khabar
बैतडीमा जातीय विभेद अन्त्य सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडी- बैतडीमा जातीय विभेद अन्त्य सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र दलित समाज विकास मंच, बैतडीको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय, बैतडीको सहयोगमा जातीय विभेद अन्त्य सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।

प्रमुख जिल्ल अधिकारी भिमकान्त शर्माको प्रमुख आतिथ्यता तथा अन्य सरोकारवालाहरुको  सहभागितामा जिल्ला प्रशासन कार्यालयमा जातीय विभेद अन्त्य सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको  दलित समाज विकास मंचका सचिव बलभद्र दयालले बताए । अन्तरक्रिया कार्यक्रममा जिल्लामा  दलितको  अवस्था, उनिहरुको  अधिकार,  भोगिरहेका पीडा र  संविधानमा   उल्लेखित कुराको  चर्चा भएको  उनले बताए ।

Atrya hospital

 भेदभावविरुद्ध समान अधिकार र न्यायको वकालत जारी रहे पनि बैतडीमा  कमजोर वर्गको रूपमा रहेका अधिकांश दलितहरू हिंसाबाट पीडित रहेको कार्यक्रममा  सहभागी दलित सामाजिक अगुवा प्रतिनिधिहरुले  बताए ।  छुवाछुत र भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र मानव मर्यादाका साथ बाँच्न पाउने हकको संरक्षण गर्ने व्यवस्था संविधानमा भएपनि  पूर्णरुपमा कर्यान्वयन  हुन नसकेको  उनिहरुको  धारणा छ । बैतडी जिल्लामा समेत यस्ता विभेदका घटनाहरू बिद्यमान रहेका दलित अगुवारुरुको  भनाई  छ ।

यस्तै कार्यक्रममा सहभागिहरुले  भेदभावविरुद्ध समान अधिकार र न्यायको उक्त कार्यका लागि  आ–आफ्नो क्षेत्रबाट विभेद न्यूनीकरणका लागि उपयुक्त कदम चाल्ने  प्रतिवद्धता जनाएका हुन् ।  जिल्ला प्रशासन कार्यालयमा सम्पन्न “जातीय विभेद अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा  प्रमुख जिल्ला अिधकारी  सुरक्षा निकायका प्रमुख  तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख ताथ प्रतिनिधि  लगायत अन्य  सरोकारवालाहरुको  सहभागिता रहेको  थियो ।  

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update