Sagun Khabar
बैतडीको दोगडाकेदारमा २१ र २२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
Atrya hospital

बैतडी - बैतडीको दोगडाकेदारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै  छ । श्रीकेदार संस्कृति संरक्षण समाज दोगडाकेदारको आयोजनामा यहि माघ २१ र २२  गते पिपलकोटमा  विशेषज्ञ सहितको  निःशुल्क स्वास्थ्य  शिविर सञ्चालन हुन लागेको हो ।

वडा नं ४ को  श्रीकेदार स्वास्थ्यचौकीमा दुई दिने निःशुल्क  स्वास्थ्य शिविर सञ्चालन हुन लागेको श्रीकेदार संस्कृति संरक्षण समाज दोगडाकेदारका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले जानकारी दिए । काठमाण्डौँ मेडिकल कलेज शिक्षण  अस्पतालको  सहयोगमा  शिविर सञ्चालन भैरहेको उनले  बताए ।

सो शिविरमा जनरल मेडिकल,स्त्रीरोग, बाल रोग, शल्यकृया, मानसिक तथा नसा रोग,हाडजोर्नि तथा नशा, छाला तथा यौनरोग सेवा दिइने आयोजकले जनाएको  छ । यस्तै  नाक, कान, घाँटी, दन्त, मृगौला, र मुटु रोग सम्बन्धि सेवा दिइने बताइएको छ । शिविरमा आएर सेवा लिन पनि सबैमा आग्रह गरिएको  छ । शिविरमा विशेषज्ञ सेवा प्रदान हुने भएकाले सबै जनालाई  सेवा लिनका लागि आग्रह गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update