Sagun Khabar
भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा तोकियो 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा तोकिएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले बहुमतबाट टप्वालाई केन्द्र बनाउने पक्षमा मतदान गरेका हुन् । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा मुकाम तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो ।

तर, बुधबार बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । उनका अनुसार पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत आएका थिए । त्यस्तै एक मत बदर भएको र एक जना अनुपस्थित रहेको उनले बताए ।

विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि मुकाम तोक्न सकेको थिएन । अहिलेसम्म गाउँपालिकाले बगरकोटबाट कार्यसम्पदान गरिरहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update