Sagun Khabar
सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात 
फोटो :सिगास गाउँपालिकाको केन्द्र गर्जे क्षेत्रमा भएको हिमपात

बैतडी–हिउँदे बर्षा भएसंगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । यो बर्ष पहिलो पटक हिमपात भएको हो । 

बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात शुरु भएको स्थानीयहरुले बताएका छन् । जिल्लाको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको छ भने पाटनको खोड्पे क्षेत्रमा पनि हिमपात शुरु भएको छ । 

Atrya hospital

यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ,बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ । 
बर्षा र हिमपातले कतिपय ग्रामीण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध भएका छन् । 

हिउँदे बर्षा र हिमपातले चिसो बढेको छ । यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update