बैतडी- बैतडीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा न ६ का ५० वर्षिय शैलेन्द्र धानुक करेन्ट लागेर घाइते भएका हु्न् ।
बुधवार बिहान ९ बजेर ५० मिनेटको समयमा सुर्नया गाउँपालिका वडा नं ८ दोरा टोलमा विद्युतको लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लाग्दा धानुक घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्द राज जोशीले जानकारी दिए ।
उनका अनुसार पोलमा चढेर लाइन खिचिरहेका धानुकको दाहिने हातमा करेन्ट लागेर जमिनमा बजारिएका थिए । करेन्ट लागेर पोलबाट जमिनमा खसेका उनको दाहिने हातमा चोट लागेको बताइएको छ । घाइते भएका धानुकको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १४:००
प्रतिक्रिया दिनुहोस्