Sagun Khabar
बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते, स्थानीयहरु त्रसित

 बैतडी–बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका –५ धनचुलीकी ७० बर्षीया दुरा जोशीलाई जंगली बँदेलले आक्रमण गरेको हो । 

मंगलबार दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका वडा नं ५ की सदस्य पार्वती चन्दले बताइन् । घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको उनले बताइन् । दिउँसै मानवबस्तीमै पसेर जंगली बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका चन्दले बताइन् । 

Atrya hospital

पछिल्लो समयमा जंगली बँदेलहरुले मानवबस्तीमै पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । 

बैतडीमा चितुवापछि जङ्गली बँदेलको आक्रमणबाट मानिस घाइते र अङ्गभङ्ग भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । अहिले सम्म चितुवा,जंगली बँदेल तथा बाँदरको आक्रमणबाट २० जना भन्दा बढी गम्भीर घाइते तथा अङ्गभङ्ग भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए । यो बर्षमात्रै बँदेलको आक्रमणबाट चार जना घाइते भएका उनले बताए । 

बैतडीमा पछिल्लो समय बँदेलले मान्छेमाथि आक्रमण गरेर गम्भीर घाइते बनाउने क्रम बढेको छ । आहाराको खोजीमा जङ्गली बँदेल मानव बस्तीमा पस्ने गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update