बैतडी- बैतडीको श्रीकेदार आधारभूत विद्यालय डुङ्गरीले ३१ औँ वार्षिकोत्सव मनाएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ डुङ्गरी सल्लाघारी स्थित श्रीकेदार आधारभूत विद्यालयले स्थापनाको ३१ वर्ष पुरा भएको खुसियालीमा मंगलबार वार्षिकोत्सव मनाएको हो । विविध सांस्कृतिक कार्यक्रम गरेर विद्यालयले ३१ औँ वार्षिकोत्सव मनाइएको विद्यालय परिवारले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण सिंह ऐरको सभाध्यता तथा सुर्नया गाउँपालिकाका प्रवक्ता प्रताप महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको विद्यालयका शिक्षक जित बहादुर ऐरले जानकारी दिए । वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक भानदेव भट्टले ४० लाख ६५ हजार बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
२०४९ सालमा स्थापना भएको श्रीकेदार आधारभूत विद्यालय डुङ्गरीमा ८ जना शिक्षक कर्मचारी छन भने १ सय ६ जना विद्यार्थी अध्यानरत छन् । आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सुर्नया गाउँपालिकाका वडा नं २ का अध्यक्ष गणेश बहादुर विष्ट, वडा नं ३ का अध्इक्ष शम्भु प्रशाद भट्ट,विभिन्न विद्यालयका शिक्षक तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,शिक्षक विद्यार्थी, अभिभावक, लगायतक स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
विद्यालयमा शिक्षक दरबन्दी अभावका साथै सुविद्या सम्पन्न भौतिक संरचना समेत नहुँदा समस्या भएको शिक्षक ऐरले बताए । भवन अभाव हुँदा विद्यार्थीहरु पुराना जीर्ण भवनहरुका बस्न बाध्य भएका बताइएको छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिका प्रवक्ता महराले विद्यालयले खेपि रहेका समस्या समाधानका लागि पहल गरिने बताएका छन् ।