Sagun Khabar
बैतडीमा बुधबार १५ जनाले कोरोना जिते, थप २ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा बुधबार एकैदिन १५ जनाले कोरोना जितेका छन् । दशरथचन्द नगरपालिकाका ५ जना, डिलाशैनी गाउँपालिकाका २ जना, दोगडाकेदार र पुर्चौंडी नगरपालिकाका एक÷एक जनाले कोरोना जितेका हुन् । यस्तै बझाङका ५ जना र मुगुका एकजनाले पनि कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

यस्तै आज थप २ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका एक जना र पञ्चेश्वर गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । अहिले जिल्लाभरी ४७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा १७ जना, पाटन नगरपालिकामा १० जना, सुर्नया गाउँपालिकामा ९ जना र दशरथचन्द नगरपालिकामा २ जना रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update