बैतडी- बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कृत भएका छन् । गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत उत्कृष्ट २ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । ३० वटा सूचकको आधारमा अहेव भास्कर तिवारी र अनमी निर्मला लावडलाई सम्मान गरिएको वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
सोमवार गाउँपालिका उपाध्यक्ष बिना भट्ट सहित स्वास्थ्य साखाका कर्मचारी, वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थितिमा स्वास्थ्य चौकीमा कार्यरत दुई जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको उनले बताए । यसैगरी आजै बसेको खोप समन्वय समितिको बैठकबाट पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ ।
घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेकाहरुलाई खोप प्रदान गरिने बताइएको छ । खोप लगाउन छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा ल्याई नियमित खोप कार्यक्रममा समाबेस गराउन भूमिका खेल्ने स्वास्थ्य स्वयमसेविकालाई एक हजार र स्वास्थ्यकर्मीलाई चार सय रुपैँया पुरस्कार प्रदान गर्ने निर्णय पनि गरिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताए ।