Sagun Khabar
बैतडीमा गत आवमा ५ हजार बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिए 
Atrya hospital

बैतडी –बैतडीमा एक वर्षको अवधिमा ५ हजार बढी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यस्तै ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका सूचना अधिकारी भारतीले जानकारी दिए ।

कोरोना महामारीका कारण गत आर्थिक बर्षमा केही समय कार्यालय बन्द रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update