बैतडी- बैतडीको मेलौलीमा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । नगरपालिकाको वडा नं ३ सेलढुङा चिनाडी टोलका परिवारलाई विद्युत मिटर निःशुल्क वितरण गरिएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । ८ ओटा विपन्न परिवारलाई आफुले मिटर निःशुल्क उपलब्ध गराएको उनले बताए । ४ परिवारलाई वितरण भैसकेको र ४ ओटा मिटर छिट्टै वितरण गरिने वडा अध्यक्ष भाटले बताए ।
आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई आफ्नै लगानीमा मिटर खरिद गरेर निःशुल्क मिटर वितरण गरिएको उनको भनाई छ । अध्यक्षले निःशुल्क रुपमा मिटर उपलब्ध गराएपछि विपन्न परिवार खुसि भएक छन्। अध्यक्षको सहयोगमा विद्युत मिटर निःशुल्क पाउँदा खुसि लागेको स्थानीय नन्दा चन्दले बताइन्।
आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई अध्यक्षले निःशुल्क मिटर वितरण गरेपछि नागरिकहरु खुसि भएका हुन् । अहिले मेलौलीमा विद्युतिकरणको काम तिब्र रुपमा भैरहेको छ । वडा नं ३ मा पोल गाड्ने काम सम्पन्न भएर लाइन विस्तार भैरहेको वडा अध्यक्ष भाटले बताए ।