Sagun Khabar
मनकारी पन्तको सहयोगमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण

बैतडी- बैतडीको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । जिल्लाको पाटन नगरपालिका–२ स्थित सिद्धनाथ माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।  

प्रभु बैंकको केन्द्रिय कार्यालय काठमाण्डौमा चिफ बिजनेश अफिसरको रुपमा कार्यरत रश्मी पन्तको सहयोगमा न्यानो लुगा वितरण गरिएको वडा नं  २का  निवर्तमान वडा सदस्य तथा युवा समाजसेवी दिपेन्द्र प्रशाद पन्तले  जानकारी दिए ।  यस्तै  सिलंगा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री समेत सहयोग उनले  बताए ।  

Atrya hospital

वडा नं २ मै रहेको सिलंगा स्वास्थ्य चौकीमा अक्सिजन कन्सनेटर, थर्मलगन, पल्स अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको युवा पन्तको  भनाई  छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, वडा नं २ का वडा अध्यक्ष महेश प्रशाद पन्त, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट लगायत शिक्षा प्रेमि अभिभावकहरुको उपस्तिथितमा आइतबार लुगा वितरण तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रमका सम्पन्न गरिएको थियो । रश्मी पन्त विगत देखिनै सामाजिक कार्य गर्दै आएकी छिन् ।

यसअघि सोही वडाको भुमिराज आधारभूत विद्यालय टोटीपोखरी, भृकुटी आधारभूत विद्यालय ठल्कुडामा पनि न्यानो लुगा वितरण गरिएको थियो । रश्मीकै सहयोगमा केही दिनमा बारागर आधारभूत विद्यालयमा पनि न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको समाजसेवी युवा दिपेन्द्र पन्तले  बताए । पन्तको  सहयोगमा न्यानो लुगा पाएपछि विद्यार्थीहरु खुसि भएका छन् । चिसोको समयामा वितरण गएिका न्यानो लुगाले बालबालिकालाई  राहत हुने अपेक्षा गरिएको  छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update