बैतडी- बैतडीको भुवनेश्वर मावि गोयलीले वार्षिकोत्सव मनाएको छ । जिल्लाको सुर्नया गाउँपालिका –३ स्थित भुवनेश्वर मावि गोयलीले आइतबार ५३ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयले ५३ वसन्त पार गरेर ५४ वसन्तमा प्रवेश गरेको सुखद अवसरमा आइतबार विविध साँस्कृतिक कार्यक्रम गरेर ५३ औँ वार्षिकोत्सव मनाएको शिक्षक डम्बर दत्त भट्टले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले ६७ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको अर्का शिक्षक नरायण दत्त भट्टले बताए ।
वार्षिकोत्सवमा बोल्दै पालिका अध्यक्ष कुँवरले विद्यालयको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा जनप्रतिनिधि, शिक्षक,विद्यार्थी अभिभावक लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
२०२८ सालमा स्थापान भएको भुवनेश्वर मावि गोयलीमा बालविकास देखि १२ सम्मको पढाइ हुन्छ । १६ जना शिक्षक कर्मचारी रहेको भुवनेश्वर मावि गोयलीमा २ सय ९६ जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।