बैतडी- बैतडीको मेलौली नगरपालिकाले आज शोक बिदा दिएको छ । वडा नं ८का कार्यालय सहयोगीको निधनमा नगरपालिकाले नगर भित्र आइतबार शोक बिदा दिएको हो ।
मेलौली नगरपालिका८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिंह बिष्टको यही माघ १२ गते निधन भएको थियो । बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा मृतफेला परेका थिए । आफ्नत स्रोतका अनुसार विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए । उनको निधनमा गहिरो दुख व्यक्त गर्दै नगरपालिकाले आज शोक बिदा दिएको हो ।
नगरपालिकले एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालय सहयोगीको रुपमा वडा नं ८ मा कामगर्दै आएका विष्टको निधनले सिङ्गो नगरपालिका स्तब्द भएको जनाएको छ । शनिबार हिजो बसेको नगरप्रमुख स्तररिय निर्णयले आज शोक बिदा दिने निर्णय गरेको थियो ।
मेलौली नगरपालिका, नगर कार्य पालिकाको कार्यालय, वडा कार्यालय ,नगरक्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतका सबै सार्वजनिक कार्यालय एक दिन शोक बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।