Sagun Khabar
बैतडीको पुर्चौडीका महरा मलेसियामा बेपत्ता

बैतडी- बैतडीका एक युवक बेपत्ता भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १० बिजयपुरका अन्दाजी २४ वर्षका धिरेन्द्र महरा मलेसियामा बेपत्ता भएका हुन् ।

पारिवारिक स्रोतका अनुसार महरा करिब १ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । उनी बिस्क्युट उत्पादन कम्पनीमा कामा गर्दथे । काम गरिरहेका उनमा मानसिक समस्या देखिएपछि कम्पनीले टिकट काटेर नेपाल पठाएको थियो । गत पुष २१ गते हिमालयन एयरलाइन्सको  टिकट काटेर घर फर्किने कर्ममा उनि मलेसियाकै  क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलबाट सम्पर्क विहिन भएका उनका आफन्त धिरेन्द्र महराले जानकारी दिए ।

Atrya hospital

 नेपाल आउनका लागि टिकट काटेर बिमानस्थल पुगेका महरा सोही ठाउँबाट बेपत्ता भएका उनले बताए । उनि बेपत्ता भएपछि  सोधपुछ गर्दा  अत्तोपत्तो नलागेको उनको भनाइ छ । अहिले पनि खोजतलासको काम जारी रहेको र कहिँकतै  पत्ता नलागेको पारिवारिक स्रोतले बताएको छ । मलेसियास्थित नेपाली दूतावासलाई भने महरा बेपत्ता खबर बारे जानकारी नभएको बताइएको छ ।

घर फर्किरहेका धिरेन्द्र बेपत्ता भएपछि घरपरिवार चिन्तीत भएको छ । बेपत्ता महराको खोजिका लागि घरपरिवारले सरकारलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update