Sagun Khabar
विपी स्मृति दिवसको अवसरमा बैतडीमा वृक्षारोपण र अन्तरक्रिया 
Atrya hospital

बैतडी –बैतडीमा वृक्षारोपण तथा अन्तरक्रिया गरेर विपी स्मृति दिवस मनाइएको छ । पाटन नगरपालिका ४ ठाँड स्थित भूमीराज मन्दिर प्रांगणमा वृक्षारोपण गरिएको नेपाल विद्यार्थी संघका जिल्ला कार्य समिति सदस्य भागरथी भट्टले जानकारी दिइन् । 

वृक्षारोपण पछि आयोजित अन्तरक्रियामा नेपाली कांग्रेसले विपीको विचारमा अघि बढ्नुपर्ने धारणा व्यक्त भएका छन् । पाटन नगरपालिका वडा नं ४ का वडा सभापति हेमराज भट्टको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला पार्टी सभापति नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनुभएको थियो । अन्तरक्रियामा पूर्व पार्टी सभापति शिवराज भट्ट, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, जिल्ला सचिव प्रेमबहादुर चन्द, कोषाध्यक्ष रमेश पाण्डेय, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, पूर्व उपसभापति विष्णुदत्त जोशी लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रियाका सहभागीहरुले विपी कोइरालाको समाजवाद अनुसरण गरेर अघि बढे मात्रै कांग्रेस बलियो हुने धारणा व्यक्त गरेका छन् । यस्तै विपी स्मृति दिवसको अवसरमा जिल्लाका अन्य ठाउँमा पनि कांग्रेस र उसका भातृसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update