बैतडी- भूमिमा महिला कृषि, बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैतडीको दशरथचन्द नगरपालिका ४ गढी स्थीत भुमिमा महिला कृषि, बचत तथा ऋण सहकारी संस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न शनिवार सम्पन्न भएको हो । १० रुपयाँ मासिक बचतबाट सुरु भएको सहकारीमा हाल मासिक १ हजार रकमसम्म बचतगर्ने गरिएको सहकारीले जनाएको छ ।
हाल सहकारीसंग आफ्नै भवन हुनुका साथै प्राविधिक पूर्वाधारको समेत व्यवस्था भएको सहकारीका अध्यक्ष सरस्वती नेपालीले बताइन् । महिलाहरु मात्रै सदस्य रहेको उक्त सहकारीले कृषि तथा पशुपालनमा महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु गर्दै आएको छ ।
महिला कृषकहरुलाई बिउ पूँजीको रुपमा बाख्रा बितरण गर्नुका साथै बेलाबेलामा कृषि उपजहरुको उन्नत जातको बिउ वितरण गर्दै आएको सहकारी संस्थाले जनाएको छ । २०६८ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हाल २सय २ महिलाहरु सेयर सदस्य रहेका बताइएको छ ।